भुतपुर्व खेलाडी मञ्चले सहारा युकेको टोलीलाई स्वागत

498
views

पोखरा, ३०, फागुन । पोखरामा जारि आहा ! रारा गोल्ड कपको सन्दर्भलाई लिएर पोखरा आएको सहारा युकेको टोलीलाई भुतपुर्व खेलाडी मञ्च नेपालले आज एक कार्यक्रमका विच स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष तेज गुरुङले मञ्चले आयोजना गर्ने पोखरा म्याराथन देखि पोखरामा हुने विविध खेलकुद र सामाजिक अभियानमा सहारा युकेको महत्वपुर्ण भुमिका र सहयोग रहेको बताए ।

कार्यक्रममा बोल्दै सहारा युकेका अध्यक्ष कुमार गुरुङले मञ्चले आयोजना गरेको पोखरा म्याराथन सफल भएकोमा मञ्चलाई शुभकामना समेत दिए । उनले पोखरामा हुने हरेक खेल गतिविधीमा सहारा युकेको सहयोग निरन्तर रहि रहने प्रतिवद्धता व्यक्त समेत गरे । उनले नेपाल बेलायत सम्वन्धको २०४ वर्षे इतिहासलाई थप बलियो बनाउन नेपाली राष्ट्रिय फुटबल टिम युके खेल्न जान लागेको जानकारी दिए ।

सो अवसरमा मञ्चका तर्फ अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष खड्ग रानाभाट, उपाध्यक्ष डिल बहादुर गुरुङले सहारा युकेका अध्यक्ष सहित पदाधिकारी, कार्यसमिती सदस्य र सल्लाहाकार हरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा १४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन भुमिका खेल्ने शुरक्षा निकाय, विभिन्न यातायत समितीहरु लगाएत विभिन्न संघ संस्थाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।