चैत्र १ गतेबाट पोखरा–बागलुङ सडक दैनिक ३ घण्टा बन्द

440
views

पर्वत, ३०, फागुन । निर्माणधिन मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा आगामी चैत्र १ गते बाट दैनिक ३ घण्टा यातायात बन्द हुने भएको छ । सडक फराकिलो र स्तरउन्नतीका लागि सहज बनाउन यातायात बन्द गरिने भएको हो ।

लोकमार्गको पर्वत खण्डमा पर्ने कुस्मा बजारको खहरे फलामखानी देखि चुवाको चाइनाचोक सम्म दैनिक तिनघण्टा सडक बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । उक्त स्थानमा सडक फराकिलो बनाउन विष्फोटक पर्दाथको प्रयोग गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपर्ने अवस्था आएको प्रशासनले जानकारी दिएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ्ग खण्ड लाई नयाँ स्वरुपमा ढाल्ने गरि मर्मत सम्भार तीब्र पारिरहेको छ ।

लोकमार्ग पुरै नयाँ स्वरुपमा बिस्तार र स्तरोन्नती गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारी अनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ ।