नेपाल घुम्न आएका पर्यटक सीमानाकाबाटै फर्किए

637
views

बुटवल, १, चैत्र । विश्वमै महामारीको रुप लिँदै गएको कोरोना भाइरस संक्रमणको त्रासका कारण नेपाल घुम्न आएका पर्यटकहरु सीमानाकाबाटै फर्किएका छन । कोरोना संक्रमणको उद्गमस्थल चीनलगायतका देशबाट नेपाल प्रवेशमा रोक लगाएसँगै लुम्बिनी आउने पर्यटक बढी प्रभावित बनेका हुन् ।

स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सरकारले चीन, ईरान, ईटाली, कोरिया, जापान, जर्मनी, फ्रान्स र स्पेन गरी आठ देशका नागरिकलाई शुक्रबारबाटै र अन्य देशका नागरिकलाई शनिबारबाट नेपाल प्रबेशमा रोक लगाइएको अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालको भनाई छ ।

सरकारले नेपाल प्रवेशमा रोक लगाएपछि जर्मन, फ्रान्स तथा स्पेनका नागरिक सीमानाकाबाटै फर्किएका छन् । भारत हुँँदै लुम्बिनीको भ्रमण गर्न आएका विभिन्न देशका नागरिकहरु नाकामा रोकिएसँगै निराश भएर फर्किन थालेका हुन् ।