अन्नपूर्णको खिबाङमा चट्याङ लागेका दुईको मृत्यु

472
views

चैत, २, गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ ६ खिबाङको कुटुकामा शनिवार चट्याङ लागेका दुईजनाको मृत्यु भएको छ ।

राती ९ बजे चट्याङ लागेर घाइते भएका २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको वेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चट्याङ लागेर गम्भिर घाईते भएका उनीहरुलाई शनिबार राती नै बेनी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।