थापालाई १ लाख ६२ हजार सहयोग

421
views

पोखरा, ३, चैत । पोखरा ७ मासबारमा रहेको मदरल्याण्ड माविका विद्यार्थीहरुले केही दिन पहिले एउटा डकुमेन्ट्री हेरे । सबै विद्यार्थीले पालै पालै डकुमेन्ट्री हेरे पछि उनीहरुलाई डकुमेन्ट्रीका नायक अपांगता भएका युवक कृष्ण थापालाई सहयोग गर्ने भावना जाग्यो ।

संचारकर्मी सन्जोग बस्यालले निर्देशन तथा निर्माण गरेको डकुमेन्ट्री “कृष्ण” अ स्टोरी अफ सेल्फ डिपेन्डेन्स डकुमेन्ट्री हेरेपछि उनीहरुलाई सहयोगकको भावना आएको थियो । विद्यालयमा रहेको काइण्डनेस क्लब मदरल्याण्डले सहयोगको लागि विद्यालयका विद्यार्थीहरु सहयोग उठायो । त्यसमा विद्यालयका शिक्षकहरुले पनि साथ दिए ।

आइतबार विद्यालयमा एक कार्यक्रम गरेर विद्यालय र विद्यार्थीहरुले कृष्णथापालाई नगद १ लाख ६२ हजार २७ रुपैया सहयोग गरेको छ । कृष्णकी आमा विष्णुमाया थापा र कृष्ण थापालाई विद्यालयका निदेशक त्रिभुवन शर्मा, प्रिन्सिपल नारायण बराल, बित्त निदेशक कृष्ण बराल, प्लस टु इन्चार्ज नारायण आर्चाय, काइण्डनेस क्लब मदरल्याण्ड क्लबकी अध्यक्ष दिप्ती भण्डारी लगाएतले चेक हस्तान्तरण गरेका थिए ।

हस्तान्त्रण कार्यक्रममा विद्यालयका प्रिन्सिपल नारायण बरालले विद्यार्थीलाई दया मायाको शिक्षाको प्रयोगात्मक सिकाइ भएको बताए । उनले अपांगता भएर पनि आफै पौरख गर्ने कृष्णलाई अझ उत्पेरण दिन विद्यालयले सहयोग गरेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय अपाङ महासंघका सदस्य विष्णु सिग्देलले यस्ता सहयोगले अझ काम गर्न उत्पेरणा दिने बताए । हस्तान्त्ररण कार्यक्रममा काइण्डनेस क्लब मदरल्याण्ड क्लबकी अध्यक्ष दिप्ती भण्डारी, विद्यालय प्रावि इन्र्चाज केशु बराल लगाएतले डकुमेन्ट्रीले विद्यार्थीमा सहयोगि भावना जगाएको बताए ।

पत्रिका बेच्ने एक अपांग युवक कृष्ण थापाको जिवनीलाई प्रस्तुत गरिएको डकुमेन्ट्रीमा समेटिएको छ । डकुमेन्ट्रीलाई प्रकाश गुरुङ काशले खिचेका छन् भने जितेश प्रधानको सम्पादन, अंग्रेजी अनुवाद गणेश पौडेल र दिपक थापाले गरेका छन् ।