अमेरिकाको मेरिल्याण्डमा सुनिल केसीको मृत्यु

799
views

निर्मल पौडेल
पर्वत, ३, फागुन । अमेरीकाको वाल्टीमोर मेरिल्याण्डमा वाग्लुङ रामरेखाका सुनिल केसीको मृत्यु भएको छ । गत सोमवार ३१ बर्षिय केसीको सुतेकै ठाउँमा आकस्मिक रुपमा वेहोश भएर मृत्यु भएको हो ।

काम गर्ने स्टोरको माथिल्लो तल्लामा वस्दै आएका केसी २ दिनसम्म काममा नगए पछाडी स्टोरमै काम गर्ने सहकर्मीले खोजी गरेका थिए । ढोका नखोलेपछी प्रहरीलाई खवर गरिएको र प्रहरीले ढोका खोल्दा केसीको मृत्यु भैसकेको वताईएको छ ।

केसीको शव पोष्टमार्टम पछाडि वाल्टीमोरकोे कोरोनरी हाउसमा राखिएको र मृत्युको कारण खुल्न नसकेको त्यहाँको प्रहरीले वताएको छ । केसीको पार्थिव शरिरलाई वाल्टिमोर निवासी प्रवासी नेपालीहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

केसीको शवलाई परिवारले नेपाल पठाउन अनुरोध गरेपछि नेपाल ल्याउनका लागि मिलाउनुपर्ने प्राविधिक प्रकृयाका लागि त्यहाँस्थित विभिन्न संघ संस्थाका सामाजिक व्याक्तित्वहरुले अर्थ संकलन समिती समेत प्रकृया अगाडी वढार्ईएको जनाईएको छ ।

हालसालै अमेरिकामा वस्ने कानुनी प्रकृया पुरा गरेका केसीको निधनले घरपरिवारमा कोलाहल भएको छ । उनका श्रीमती, एक छोरी र वावा आमा छन् ।