विश्वभर कोरोनाबाट मर्नेको संख्या छ हजार पुग्यो

1086
views

एजेन्सी, ३, चैत्र । चिनको बुहानबाट फैलिएको कोरोना भाइरसबाट विश्वभर मर्नेको संख्या छ हजार कटेको छ । चीनमा तीन हजारको मृत्यु भइसक्दा त्योभन्दा बढी बाँकी विश्वमा मृत्यु भएको छ ।

युरोप कोरोना भाइरसको महामारीको केन्द्र बिन्दु बनेको छ । विश्व स्वास्थ्य संगठनले युरापलाई माहामारीको केन्द्र बिन्दु घोषणा गरेको हो । युरोपमा भाइरसका संक्रमित अत्याधिक बढेपछि संकट बढेको छ ।

चीनभन्दा चीनबाहिर भाइरसका संक्रमित बढी भइसकेका छन् । विश्वभर एक लाख ६३ हजारमा संक्रमण भएकोमा चीनमा ८१ हजार र बाँकी अन्य देशमा देखिए्को छ । चीनमा तीन हजारको मृत्यु भइसक्दा बाँकी देशमा त्योभन्दा बढी संख्यामा मृत्यु भएको तथ्यांक छ ।

शुरुमा चीनमा देखिएको कोरोना भाइरस त्यहाँ निकै हदसम्म नियन्त्रणमा आइसकेको छ । तर, युरोपमा स्थिति भयावह बन्दै गएको छ ।

आइतबार एकै दिन कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्याले किर्तिमान बनाएको छ । आइतबार मात्र इटालीमा ३६८, स्पेनमा ९७, फ्रान्समा २९, बेलायतमा १४ जनाको मृत्यु भएको तथ्यांक छ ।