८ लाख थान बढी मास्कसहित दुई व्यापारी पक्राउ

560
views

काठमाण्डौ, ३, चैत्र । १ सय ७७ बोरा मास्कसहित महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त टोलीले दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित एक घर गोदाम प्रयोजनको लागि भाडामा लिई आर डि जि ईन्टरनेसनल कम्पनीले काला बजारीको लागि स्टोर गरिराखेको मास्कसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कम्पनीका संचालक काठमाण्डौ महानगरपालिका–२३ बस्ने ३४ वर्षीय सुरज गोयल र भारत राजस्थान घर बताउने वर्ष ३७ का सुवास महेश्वरी छन् ।

बरामद मास्क कुल ८ लाख ४९ हजार ६ सय वटा रहेको प्रहरीले जनाएको छ । बरामद मास्क तथा पक्राउ परेका व्यक्तिहरू उपर कालाबजारी तथा सामाजिक हित विरूद्दको अपराध २०३२ अन्तर्गत अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।