बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक, पर्वतका १८ जना

1270
views

काठमाडौं, ४, फागुन । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ । द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।

आयोगका अनुसार, राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको भन्दै २ हजार ५ सय ६ जनाबारे उजुरी परेको छ । नामावलीमा पर्वतका १८ जनाको नाम सार्वजनिक गएिको छ ।

ति मध्ये अनिल पौडेल ठुलीपोखरी, ख्याम प्रसाद सापकोटा खानीगाउँ, चक्र प्रसाद शर्मा लिमिठाना, चेतनाथ तिवारी माईकुवा, टेकबहादुर मल्ल लंखु दुेउराली, पिताम्बर सुवेदी खौलालाकुरी, परुषोत्तम पोखरेल तिलाहार, प्रेम बहादुर नेपाली ठुलीपोखरी, बाबुराम गिरी शंकरपोखरी, बेलबहादुर क्षेत्री कुनपा, भिम बहादुर कार्की खौलालाकुरी रवि जिसी, मल्लाज, विकाश क्षेत्री पाङराङ, विष्णु प्रसाद पौडेल लिमिठाना, शरेबहादुर क्षेत्री ठुलीपोखरी, श्याम पौडेल लिमिठाना, सरीतादेवी शर्मा विहादी र सुरज गिरी कुश्मा रहेका छन ।