मृत्युदावीको ११ लाख हस्तान्तरण

431
views

पोखरा, ५, चैत्र । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय पोखराले विमितको मृत्यु दावी वापतको ११ लाख रुपैया हस्तान्तरण गरेको छ ।

पोखरा–१३, काहुँखोला निवासी स्व. शेरवहादुर गुरुङको श्रीमती एककुमारी गूरुङ्सेनीलाई कम्पनीका क्षेत्रिय प्रमुख बाबुराम पौडेल एवं वरिष्ठ क्षेत्रिय मार्केटीङ अधिकृत श्यामप्रसाद तिमिल्सेनाले ११ लाख चार हजार बरावरको चेक सम्युक्त रुपमा हस्तान्तरण गरेका छन् ।

गुरुङले करिव २ वर्ष अगाडी १० लाख बीमाङ्क रकम वरावरको जीवन वीमा गरेका मितिल्सिनाले वताए ।

सो अवसरमा कम्पनीका क्षेत्रिय प्रमुख बाबुराम पौडेलले गुराँस लाइफले २० प्रकारका घातक रोगबाट सुरक्षित हुन ५० लाख रुपैया वीमाङ्क रकमको वीमा लिन सक्ने वताउँदै उपचार नपाएर कुनै व्यक्तिको मृत्यु हुन नपरोस् भनि यस्तो सुविधाको वीमा लिन सकिने वताए ।

उक्त कार्यक्रममा २ पटक एमडिआरटी भईसकेका सिनियर एजेन्सी मेनेजर कृष्ण भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, एजेन्सी मेनेजर कमला के.सी. गुरुङ, एजेन्सी डेभलोप्मेन्ट अफिसर टेकवहादुर गुरुङ, अलिसा आले, खुमा पान्डे लगायतको उपस्थिति रहेको थियो ।