नक्कली प्रमाणपत्र पेश गरेकी शिक्षिका निलम्बनमा

1054
views

म्याग्दी, ५, चैत । नक्कली प्रमाणपत्र पेश गरेर शिक्षा सेवामा प्रवेश गरेको अरोपमा म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ स्थित कालिका माविमा कार्यरत शिक्षिका दुतकुमारी गर्बुजा विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले मुद्धा दायर गरेपछि शिक्षिका गर्बुजालाई निलम्बन गरिएको छ ।

  

एकवर्ष अघि शिक्षिका गर्बुजा शिक्षा सेवाले लिएको आन्तरिक परिक्षाबाट स्थायी समेत भएकी थिइन । उनी २०६१ मा शिव प्रा.वि बेगबाट अस्थायी शिक्षिकका रुपमा सेवा प्रवेश गरेकी थिइन । यस अघि उनी निजी स्रोतबाट तलब बुझ्ने गरी शिक्षिका बनेकी थिइन ।

अनुसन्धानका क्रममा शिक्षिका गर्बुजाले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएकाले अख्तियारले निम्बलन गर्न पत्र पठाएकाले फागनु १९ गते देखि लागू हुने गरी निलम्बन गरिएको शिक्षा विकास तथा समन्य इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो ।

शिक्षिका गर्बुजाले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर जागिर खाएको भन्ने उजुरीका आधारमा अख्तियारले अनुशन्धान थालेको हो । अनुसन्धानको क्रममा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको झुटा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी २०५७ सालमा निजी स्रोतबाट प्रावि तहमा सेवा प्रवेश गरेको भेटिएको हो ।

उनले २३ भदौ २०६१ मा प्रावि तह अस्थायी शिक्षक पदमा नियुक्त भई २९ चैत २०७५ मा स्थायीसमेत भई काम गरेको भेटिएपछि विशेष अदालतमा मुद्दा दर्ता भएको छ । नवविकल्प