कोरोना त्रासः डाक्टरको एण्टीसेफ्टी ग्लोब्स र माक्स

पर्वत अस्पतालमा आइसोलेसन र धाराको व्यवस्था

1026
views

गोपाल जिसी
पर्वत, ६, चैत्र । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले कडाई गरेको छ । सरकारले एसईई परिक्षा स्थगित गर्नुका साथै २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाउनेदेखि अत्यावश्यक कामबाहेकमा हिंडडुल गर्न समेत रोक लगाएको छ ।

सरकारले कोरोना रोकथामका लागि कडाई गरेपनि अस्पतालहरुको व्यवस्थापनमा खासै चासो देखाएको छैन् । जिल्ला अस्पतालहरुमा आईशोलेसन कक्ष तायार गरेपनि संक्रमित भेटिएको खण्डमा उपचार गर्ने चिकित्सकहरुको तयारी सामाग्रीका लागि माक्स र ग्लोब्स बाहेक केही उपलब्ध गराएको छैन ।

कोरोना संक्रमित भेटिएको खण्डमा संक्रमित व्यक्तिको उपचारका लागि पर्वत जिल्ला अस्पतालले चारवटा आईसोलेसन वेड तयार गरेको छ । तर, संक्रमितको उपचारका लागि भने दुई महिना पुग्ने ग्लोव्स र माक्स बाहेक अन्य सुविधा नरहेको कार्यालय प्रमख डा. शिशिर देवकोटाले जानकारी दिए ।

विकसित देशहरुमा कोरोना संक्रमित विरामीहरुको उपचारमा संलग्न चिकित्सिकहरुले आफु सुरक्षित रहन उनले डब्लुएचओको नियमानुसार टाउकोदेखी खुट्टासम्म ग्राउन प्रयोग गरेको भएपनि नेपालमा भने ग्लोब्स र माक्सले मात्र उपचार गर्नुपर्ने अवस्था रहेको छ ।

नेपालमा कोरोना संक्रमित नभेटिएको तथ्यांक सार्वजनिक भएपनि कोरोना फोविया भने बढेको छ । विश्वव्यापी फैलिएको कोरोना भाईरस नेपालमा पनि भेटिएको खण्डमा उनीहरुको उपचार ग्दलेब्स र माक्सकै भरमा पनि उनीहरुको उपचार गर्ने बताउँदै डा. देवकोटाले भने ‘ जुनसुकै रोगको उपचार गर्ने पनि डाक्टर भएकोले उपचारको युद्वमैदानबाट कुनैपनि डाक्टर भाग्दैनौं ।’

पर्वत अस्पतालमा जुनसुकै रोगका विरामी आएपनि पहिले उनीहरुको हातमुख धुनका लागि धारा, सावुन र पानीको व्यवस्था मिलाइएको छ भने अस्पतालमा कार्यरत कुनैपनि कर्मचारीलाई विदा दिइएको छैन ।