राजपा नेता महतोको कडा चेतावनीः– मधेस आन्दोलन माओवादी युद्वभन्दा खतरनाक

643
views

काठमाण्डौ, २७ जेठ । राजविराज राजपालाई दोस्रो निर्वाचनमा सहभागी गराउन पहल गरिरहेको सरकारले उनीहरुका माग पुरा गर्न नसक्दा राजविराजबाट चेतावनी दिएका छन् । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले मधेसको माग र आन्दोलनलाई हलुका ढंगले नलिन आग्रह गर्दै आफुरुले गर्ने आन्दोलन माओवादी युद्धभन्दा खतरनाक र चुनौतिपूर्ण बाटोमा अघि बढ्ने बताए ।
राजविराजमा शनिबार आयोजित पत्रकार भेंटघाटमा राजपा नेता महतोले यस्तो चेतावनी दिएका हुन् । महतोले मुखिया र मेयर पदका लागि उपेन्द्र यादव आन्दोलन छाडेर चुनावमा गएको आरोप लगाए । उनले मधेसका जनता उपेन्द्रको वकवासमा नलाग्ने भन्दै मधेसले मेयर, मुखिया पद नभइ अधिकारका लागि लडेको बताए । राजपाका अर्का नेता राजकिशोर यादवले उपेन्द्र यादवलाई आफ्नो घमण्ड तोड्न आग्रह गरे । उनले हाँडीजात्राको कथा सुनाउँदै रथको मुनी रथ सँगसँगै अघि बढने कुकुरलाई पनि रथ उसैले हाँकिरहेको जस्तो लाग्छ र घमण्डमा फुल्छ, भन्ने टुक्का गाथे । १२ वर्ष अघि कस्तो कपडा र चप्पल लगाउनु हुन्थ्यो, के इतिहास थियो, समाजको दृष्टि कस्तो थियो याद गर्न उपेन्द्रलाई सुझाउँदै यादवले भने इतिहास स्मरण गरेर मधेसका जनताको चाहनाबमोजिम निर्णय गर्न आग्रह गरे ।