समाजसेवी रिजालले गरे आमा समुहलाई आर्थिक सहयोग

1261
views

गणेश आचार्य
पर्वत, ६, फागुन । पर्वतका जलजला गाउँपालिका वडा नं ७ स्थायी घर भई हाल रोजगारीको शिलसिलामा दक्षिण कोरिया पुगेका गणेश रिजालले जन्म गाउँमा क्रियाशिल विभिन्न आमा समुहलाई आर्थिक सहयोग गरेका छन् ।

हाल दक्षिण कोरियामा ६ वटा होटल व्यावसाय गर्दै आएका रिजालले तुलसी देवी आचार्यले नेतृत्व गरेको लुङ्दीखोला आमा समुहलाई १५ हजार, धाईरिङको भगवति आमा समुह बास्कोटलाई १० हजार, पशुपति आमा समुह धाईरिङ वास्कोटलाई १० हजार, अमर आमा समुह धाईरिङ छहरालाई १० हजार र श्री अमर आधारभूत विद्यालय धाईरिङ छहरालाई रु १० हजार गरी ५५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

गणेश सामाजिक सेवामा समर्पित व्यक्ति हुन, उनले समाजसेवा गर्ने मनहरुलाई सहयोग गर्दै आएका छन् मिलनचोक आमा समुहकी अध्यक्ष भद्रकली शर्माले भनिन् ‘सबै मानिसले पैसा कमाए पनि समाजसेवामा खासै सहयोग गर्दैनन् गणेश रिजालले भने यस्ता कार्यहरुमा सहयोग गर्दै आएका छन् ।’