निर्भया बलात्कारका दोषीलाई मृत्युदण्ड दिइयो

490
views

नयाँ दिल्ली, ७, फागुन । भारतमा भएको निर्भया सामूहिक बलात्कार प्रकरणको सातबर्षपछि बलात्कारका दोषी चारैजनालाई मृत्युदण्ड दिइएको छ । घटना भएको ७ वर्ष ३ महिनापछि भारतको राजधानी दिल्लीको तिहाड जेलमा बलात्कारमा संलग्न अक्षयकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई दिल्लीस्थित तिहाड जेलमा शुक्रबार साढे ५ बजे मृत्युदण्ड दिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

फाँसी दिइएपछि निर्भयाका बुबाले देशमा महिलाका मुद्दामा छिटो फैसला हुने कानुन आवश्यक परेको बताएका थिए । सन् २०१२ को डिसेम्बर १६ मा भारतको राजधानी दिल्लीमा ६ जना व्यक्तिले आफ्ना केटा साथीसँग बसमा घर फर्किँदै गरेकी २३ वर्षकी मेडिकल छात्रालाई बसमा बलात्कार तथा निर्मम कुटपिट गरी गुडिरहेको बसबाट बाहिर फालेका थिए । बलात्कारपछि उपचारको क्रममा उनको ज्यान गएको थियो ।