प्रधानमन्त्री निवास बालुवाटार सर्न देउवालाई ज्योतिषीले रोके

588
views

काठमाडौं, २७, जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदमा निर्वाचित भएको पाँच दिन बितिसकेको छ । पद तथा गोपनीयताको सपथ लिइसक्दा पनि उनी सरकारी निवास बालुवाटार सरेका छैनन् । देउवा किन बालुवाटार सरेनन ? उनी निकट स्रोत भन्छ ‘जेष्ठ महिनाभरी बालुवाटार सरे असुभ हुने संकेत ज्योतिषिले दिएका छन्, बालुवाटारमा पहिले भन्दा फरक रंग लगाएपछि मात्र सर्ने योजना छ ।’
प्रधानमन्त्री देउवा ज्योतिषिको सल्लाहमा सरकारी निवाव बालुवाटार सरेका छैनन् । आफ्नै निवास बुढानीलकण्ठमा उनी बसिरहेका छन् । जेष्ठ महिनाभरी सरकारी निवासमा नयाँ रंग लगाइसक्ने र त्यसपछि सर्ने योजना रहेको छ । उनी निकट स्रोतका अनुसार देउवा असार २ गते बालुवाटार सर्ने योजनामा छन् । बालुवाटार सर्नु भन्दा अघि त्यहाँ दर्जनौ पण्डितहरुले गृहशान्ती गर्नेछन् । नयाँ प्रधानमन्त्री भएलगतै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार छोडिसकेका छन् । उनी आफ्नो निवास लाजिम्पाटमा बस्न थालेका छन् ।
१२ बर्षअघि प्रधानमन्त्री हुँदा बालुवाटारबाटै उनी अपदस्त भएका थिए । ‘त्यो बेला कुनै ग्रहशान्ति र गृहशान्ति गरिएको थिएन, अहिले नगर्दा पनि समस्या आउने उहाँको पारिवारिक बुझाई छ’ उनी निकट स्रोतले भन्यो ।