दग्नाम जिप दुर्घटनाका गम्भिर दुईजनालाई पोखरा लगियो

729
views

बेनी, ७, चैत । शुक्रबार विहान रघुगंगा गाउँपालिका–४ दग्नामबाट बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बरको बोलेरो जिप दुर्घटनामा गम्भिर घाईते भएका दुईजनलाई हेलिकप्टर मार्फत पोखरा मनिपाल अस्पतालमा पु¥याइएको छ ।

दुर्घटनामा घाईते ९ जना मध्ये अन्यको वेनी अस्पतालमै उपचार भएको छ । बेनी आउँदै गरेको जिप दग्नामको कान्छी गाउँमा विहान साढेसात बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सुक माया गर्बुजा, भदेवी गर्बुजा, हमाया पुन, मिन्जा पुन, युवि गर्बुजा, मन बहादुर तिलिजा , बर्षा शेरपुन्जा, तामिना शेरपुन्जा र असिम गर्बुजा घाइते भएका छन् । दुईजना गम्भिर घाइते मिन्जा पुन र भदेवी गर्बुजालाई उपचारका लागि हेलीकप्टर मार्फत पोखरा मनिपाल अस्पतालमा पु¥याइएको हो ।