चैत्र मसान्तसम्म सबै तालिम स्थगित

1130
views

महेन्द्र जिसी, ७, पर्वत । सरकारले २५ जना भन्दा बढी संगठीत नहने निर्देशन जारी गरेपछि यहाँका सरकारी कार्यालयहरुले तालिम गोष्ठी तथा नियमित कक्षा समेत स्थगीत गरेका छन । कोरना भाईरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै तालिम सञ्चालन गर्ने कार्यलयहरुले अनिश्चितकालका लागि तालिम रोकेका हुन ।

पर्वत वाग्लुङ, म्याग्दी मुस्ताङ गरी चार जिल्लामा कार्यरत व्यावसायीक सीप विकास तथा तालिम केन्द्रले सबै तालिम स्थगित गरेको हो । पर्वत कार्यालय भई चार जिल्लाको कार्यक्षेत्र भएको कार्यालयले सूचना जारी गरी सबै जिल्लामा सञ्चालनमा रहेका तलिमहरु रोकेको जनाएको छ ।

कार्यालयद्वारा विभिन्न जिल्लामा सञ्चालित विभिन्न दश विधाका तालिमहरु स्थगित गरेको हो । केश सृङगार, सिलाईकटाई, पलम्विङ, विद्युत जडान, मोटर साईकल मर्मत, मण्टेश्वरी कक्षा सञ्चालन तालिम, कम्प्युटर वेशिक, कम्प्युट हार्डवेयर, टेलर मास्टर लगायतका तालिमहरु स्थगित गरीएका हुन ।

केन्द्र प्रमुख डम्बर बहादुर जिसीले कार्यालयमा आउने सेवाग्राही र आँफुहरुको सुरक्षाको लागि स्यानेटरी सहित हात धुने व्यवस्था मिलाइएको जानकारी दिए । सबै गरी दुईसय ३९ जना सहभागिता रहेका सबै तालिमहरु रोकीएको जिसीले बताए ।

तालिम दिने प्रशिक्षक प्रशिक्षार्थी सबैलाई खवर गरेर आउँदो मसान्तसम्म सबैखाले कार्यक्रम नै स्थगीत गरीएको कार्यालयले जनाएको छ ।