राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन

529
views

काठमाडौं । विश्वभर फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको त्रास भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका छन् ।

सरकारले चैत ९ गतेदेखि १९ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री ओलीले सबै उडान स्थगित गर्ने घोषणा गरेका हुन्।

सँगै ओलीले अत्यावश्यक बाहेक चैत ९ देखि २१ गतेसम्म सम्पूर्ण निजी तथा सार्वजनिक सेवा बन्द गर्ने घोषणा गरेका छन् । सँगै लामो दूरीका सवारी साधनमा चैतभर रोक लगाउने घोषणा प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा गरेका छन् ।

प्रधानमन्त्रीले कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व कठिन मोडबाट गुज्रिरहेको भन्दै विश्वका अधिकांश मुलुकहरू यस महामारीको संक्रमणबाट आक्रान्त भएको तर संक्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा नदेखिएकोले हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा नरहेको उल्लेख गरे ।

प्रधानमन्त्रीले नागरिकको स्वास्थ्य र सुरक्षालाई सधैं उच्च प्राथमिकतामा राखेको घोषण गरे । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकोले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न मैले निर्देशन दिँदै आएको र देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले साबुन पानीले राम्रोसँग हात धुन आग्रह समेत गरेका छन् । प्रधानमन्त्रीले हाम्रो उच्च बलले कोरोना भाईरसलाई पराजित गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।