कोरोना : इटालीमा २४ घण्टाभित्र ७४३ को मृत्यु

485
views

काठमाडौं, १२, चैत । कोरोना भाइरसको संक्रमणले इटालीमा गत २४ घण्टामा ७४३ जनाले जयान गुमाएका छन । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो ।

इटालीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । इटालीमा आइतबार र सोमबार मृत्युको संख्या केही कम देखिएको थियो । तर मंगलबार फेरि बढ्नाले चिन्ता थपिदिएको छ । बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत नदेखिएको बीबीसीले लेखेको छ ।

कोरोना संक्रमणका कारण इटलीमा बिहीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार घटेर ६५१ र सोमबार झन् घटेर ६०२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । मंगलबार भने बढेर ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको तुलनामा १४१ ले बढी हो ।