बाग्लुङमा पाँचौ कोरोना संक्रमित

811
views

सीताराम थापा
बाग्लुङ, १७, चैत । बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बाग्लुङकी कुडुलेकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी बाग्लुङ नगरपालिकाकी वासिन्दा हुन् ।

चैत ४ गते कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौं आएकी ती १९ वर्षीय युवती अर्को दिन माइक्रो चढेर घर पुगेकी थिइन् ।

घर गएको २÷३ दिनपछि उनलाई ज्वरो आएको थियो । बाग्लुङ नगरपालिकाका मेयर जनकराज पौडेलका अनुसार ज्वरो आएपछि उनी धौलागिरी अञ्चल अस्पतालमा जचाउन गएकी थिइन् । तर अस्पतालमा उनले आफू बाहिरबाट आएको भने जानकारी दिइनन्। । चिकित्सकहरूले सामान्य ज्वरो आएको भन्दै घर पठाइदिए ।

‘उहाँ आएको जहाजमा आएकी युवतीलाई कोरोना देखिएपछि त्यो फ्लाइटका सबैको नाम सार्वजनिक भयो । हाम्रो नगरपालिकामा पनि उहाँको नाम देखेपछि घरमै गएर स्वाब संकलन गरिएको हो,’ मेयर पौडेलले भने । चार दिनअघि परीक्षणका लागि स्वाब पठाइएकी युवती अहिले पनि घरमै रहेको पौडेलले जानकारी दिए ।

मेयर पौडेलले भने ‘अब धौलागिरि अस्पतालमा राख्ने कि पोखरा वा काठमाडौं लैजाने दोधार भयो पछि उनलाई संक्रमण भएपछि त्यस दिनराति धौलागिरी अञ्चल अस्पतालमा ल्याएर उपचाररत रहेकी छिन ।