रोनाल्डोलाई चार महिना तलब नदिने निर्णय मान्य

483
views

एजेन्सी, १७, चैत्र । विश्वकै महङ्गो फुटबल खेलाडीमध्येका क्रिस्टियानो रोनाल्डोले चार महिनासम्म तलब नलिने भएका छन् । इटालीको क्लब जुभेन्टसले चार महिना तलब नदिने निर्णयलाई रोनाल्डोले स्वीकार गर्दै अन्य क्षेत्रबाट पाउने रकम पनि नलिने भएका हुन् ।

इटालीमा कोरोना भाइरसको महामारी बढिरहँदा जुभेन्टसले चार महिना तलब नदिने निर्णय गरेको थियो । जुभेन्टसका सबै खेलाडी र प्रशिक्षकले यसमा सहमति जनाएका छन् । रोनाल्डोले पनि यसलाई मान्य भएको जनाइसकेका छन् ।

तलब नदिने निर्णयपछि जुभेन्टसले १० करोड डलर बच्ने जनाएको छ । रोनाल्डो इटालीको क्लबका खेलाडीहरुमध्ये सबैभन्दा तलब पाउनेमा पर्छन् । उनले मासिक ४० लाख डलरभन्दा बढी तलब पाउँछन् । जुन नेपाली रुपैयाँ ५० करोड बराबर हुनआउँछ ।