अञ्चल अस्पताललाई ५० थान पिपिई, २० थान किट

672
views

सीताराम थापा
बाग्लुङ, १७, चैत्र । काठमाडौंबाट कोरोना उपचारका लागि उपचार सामाग्री लिएर आएको टोली काठमाडौ. फर्किएको छ । काठमाडौंबाट आएको चिकित्सकको टोलीले ५० थान पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पिपिई), २० थान नमूना संकलन किट, केही प्याक सेनिटाइजर र माक्स धौलागिरी अञ्चल अस्पताललाई वुझाएर फर्केको हो ।

अब धौलागिरी अञ्चल अस्पतामा पनि कोरोना संक्रमितको उपचारका लागि केही सहज भएको छ । विभागले पठाएको उक्त सामाग्री डा. झलक गौतम र जनस्वास्थ्य अधिकृत रामवहादुर नेपाली सोमवार विहान बागलुङ आइपुगेका थिए ।

डा.गौतम स्वास्थ्य विभागका बालरोग तथा खोप महाशाखाका प्रमुख र नेपाली बरिष्ठ जनस्वास्थ्य अधिकृत हुन् । उनीहरुले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केवि रानामगरलाई उक्त सामग्री वुझाएर तुरुन्तै फर्केको अस्पताल ब्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले वताए ।

उनीहरुसामु अस्पतालका चिकित्सक र व्यवस्थापन समितिका सदस्यहरुले यहाँका समस्या र गुनासा राखेका थिए । संघिय सांसद डा.सूर्य पाठकले काठमाडौंबाट बागलुङको लागि १०० थान पिपिई हिडिसकेको वताए पनि अस्पतालमा भने ५० थान मात्रै आएका छन् ।