फलामखानीमा आपतकालीन राहत कोष स्थापना

466
views

पर्वत । महाशिला गाउँपालिका वडा नं–६ फलामखानीले कोरोना भाइरस (कोभिड –१९) बाट हुन सक्ने उच्च जोखिम न्यूनिकरणको लागि आपतकालिन राहत कोष स्थापना गरेको छ ।आइतबार वडा कार्यलयमा बसेको सर्वपक्षीय बैठकले वडामा भाइरस बिरुद्ध काम गर्नको लागि उक्त राहत कोष स्थापना गरेको वडा अध्यक्ष राम बहादुर सुनारले जानकारी दिनुभयो ।

बैठकमा वडा अध्यक्ष राम बहादर सुनारको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरिएको छ जसको सदस्यमा दिनेश राउत र भिम बहादुर क्षेत्री रहनुभएको छ । उक्त कोषमा वडा अध्यक्ष, सदस्य, कर्मचारी, शिक्षक, ब्यापारी, समाजसेवी लगायतबाट केही रकम संकलन गरिएको र सहयोग गर्न चाहने व्यक्तिले सहयोग गर्न सक्ने पनि सुनारले जानकारी दिनुभयो ।

यो विपतको समयमा राहत कोषबाट वडा भित्र आइपर्ने जुनसुकै कार्यमा खर्च गरिने उहाँले जानकारी दिनुभयो । कोषमा अध्यक्ष राम बहादुर सुनारले १० हजार, वडा सदस्य समीर गुरुङले। ५ हजार सहयोग गरेका छन ।

यस्तै वडा सदस्य गिता सुनारले २ हजार सदस्य गिता बि।क २ हजार, भिम बहादुर पीडित क्षेत्री, १० हजार ५ सय, खडक बहादुर क्षेत्री, २ हजार, गोबिन्द बहादुर बि।क।२ हजार, बल बहादुर क्षेत्री २ हजार, चन्द्र ब क्षेत्री २ हजार, दिनेश राउत २ हजार, प्रेम बहादुर लामा २ हजार, क्षेत्र बहादुर क्षेत्री १ हजार, कर्ण बहादुर नेपाली १ हजार, दिपक सुनार १ हजार, रुद्र बहादुर सुनार १ हजार, दिलिप सुनार १ हजार, सुवास शर्मा १ हजार, मन बहादुर क्षेत्री २ हजार, रामचन्द्र पौडेल ५ सय, र वडा सचिव रमेश आचार्यले २ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।