महाशिलामा १५ शैयाको अस्थायी क्वारेन्टाईन निर्माण

567
views

निर्मल पौडेल
पर्वत, १७, चैत्र । पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खु देउरालीमा कोरोना भाईरसबाट जोगिन र नियन्त्रण एवं रोकथामका लागि १५ शैयाको अस्थायी क्वारेन्टाईन स्थापना गरिएको छ ।

महाशिलाको वार्ड नम्वर ५ मा रहेको धुवाँकोट महाशिला क्याम्पसको भवनमा उक्त क्वारेन्टाईन स्थापना गरिएको हो । वार्ड नम्वर ५ वार्ड कार्यलय,महाशिला स्वास्थ्य प्राथामिक केन्द्र,स्वास्थ्य शाखाको अग्रसरतामा अस्थायी क्वारेन्टाईन स्थापना गरिएको गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले जानकारी दिएका छन् ।

गाउँपालिकामा वाहिरबाट भित्रीने व्याक्तिहरुलाई तथा पालिका भित्रका नागरिक हरुमा सामान्य लक्षण देखिएमा फैलनबाट सर्तकता अपनाउनका लागी क्वारेन्टाईन स्थापना गरेको ठकुरीको भनाई रहेको छ ।

गाउँपालिकाले भाईरसको उच्च जोखिम लाई मध्यनजर गर्दै सर्तकताका लागि प्रभावकारी कदम अगाडी वढाईरहेको र आवश्यक परेमा अन्य ठाउँहरुमा पनि निर्माण गरी भाईरस संक्रमणबाट जोगिनका लागि गाउँपालिका जनप्रतिनिधी लागि परिरहेको ठकुरीले वताए ।

वाहिरबाट आउने व्याक्तिहरुलाई २ हप्ता क्वारेन्टाईनमा राख्ने र सामान्य अवस्था देखिए पश्चात वल्ल छाडिने अस्थायी क्वारेन्टाईनका चिकित्सकको भनाई रहेको छ ।