नवलपरासीमा सवारी दुर्घटनामा १० घाईते, चार गम्भिर

629
views

नवलपरासी, २८, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान भएको सवारी दुर्घटनामा परी १० जना घाइते भएका छन् जसमध्ये चारको अवस्था गम्भीर रहेको छ ।
काठमाडौँबाट कपिलवस्तु हिँडेको लु १ ख ७०४६ नं को बसले सोही दिशाबाट आउँदै गरेको ना ६ प १०९५ नं को ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । घाइते हुनेहरुमा रुपन्देही, कपिलवस्तु, बागलुङ र अर्घाखाँची घर भएका यात्रु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि सामुदायिक अस्पताल, डन्डा पठाइएको प्रहरीले जनाएको छ ।