कोरोना कहर : ३७ हजार बढीले गुमाए ज्यान

651
views

काठमाडौं, १८, चैत्र । कोरोना भाइरस कोभिड–१९को संक्रमणले विश्वभर सोमबारसम्म ३७ हजार ८ सय १५ जनाको ज्यान गएको छ । यस भाईरसबाट सोमबारसम्म विश्वभर ७ लाख ८५ हजार ७ सय ७५ जना संक्रमित छन् भने १ लाख ६५ हजार ६ सय ७ जना निको भएका छन् ।

सोमबार एकैदिन स्पेनमा ९ सय १३ जनाले ज्यान गुमाए । स्पेनमा ७ हजार ८ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्पेनमा ६३ हजार ४ सय ६० जना संक्रमित छन् । जसमध्ये ५ हजार २ सय ३१ जना गम्भीर छन् । त्यस्तै १६ हजार ७ सय ८० जनाको उपचार भइसकेको छ । कोरोनाले स्पेनमा हालसम्म ७ हजार ७ सय १६ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोनाले सोमबार एकै दिन इटलीमा ८ सय १२ जनाले ज्यान गुमाएका छन् । इटलीमा ७५ हजार ५ सय २८ जना संक्रमित छन् । जसमध्ये ३ हजार ९ सय ८१ जना गम्भीर अवस्थाका छन् । इटलीमा नयाँ संक्रमित ४ हजार ५० जना थपिएका छन् । हालसम्म इटलीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाइसकेका छन्।

त्यस्तै अमेरिकामा सोमबार ५ सय ७३ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार १ सय ५६ पुगेको छ । अमेरिकामा संक्रमितको संख्या १ लाख ५५ हजार १ सय ८१ पुगेको छ । जसमा नया संक्रमित २० हजार ३ सय ५३ रहेको छ । त्यस्तै ३ हजार ५ सय १२ जना गम्भीर रहेका छन् ।