कोरोना भाइरस (कोभिड–१९) को परिक्षण पोखरामा

409
views

सीताराम थापा । कोरोना भाइरस (कोभिड-१९) को परिक्षण गण्डकी प्रदेश पोखरामा पनि गरिने भएको छ । कोरोना भाइरस जाँच गर्नका लागि चिक्तिसक मेसिन पोखरा आईपुगेको छ । मंगलबार बिहान हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त मेसिन झारिएको हो ।

यो मेसिनले ३ घण्टामै कोरोना भाइरस जाँच गर्न सक्ने बताइएको छ । मेशिन प्रयोगशालामा आज जडान हुने प्रतिष्ठानका उपकुलपति बुद्धि थापाले जानाकारी दिए । यो मेशिन डब्लु एचओबाट सर्टिफाइट हुन आवश्यक भएको जनाईएको छ ।