मोदी गाउँपालिकामा ज्यालादारीका लागि राहत कोष

783
views

महेन्द्र जिसी
पर्वत, १८, चैत्र । कोरोना भाईरस (कोभिड–१९) का कारण सरकारले घोषणा गरेको लकडाउनको समस्यामा परेका ज्याला मजदुरीका लागि पर्वतको मोदी गाउँपालिकाले राहतकोष स्थापना गरेको छ । लक डाउनको घोषणा गरेसँगै प्रभावितहरुलाई राहत पुर्याउन मोदी गाउँपालिकाले तीनलाख रुपैयाको राहत कोष घोषणा गरेको हो ।

लक डाउन अवधिमा मजुदरी पेशामा लागेकाहरुको गाँसको समस्यालाई मध्यनजर गर्दै पर्वतको मोदी गाउँपालिकाले राहत कोषको स्थापना गरेको हो ।

सरकारी अधिकारीका अनुसार लक डाउन अझै लम्बिनसक्ने भएको छ । गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले गाउँपालिकाभित्रका कोहीपनि मजदुर, किसान जो अतिविपन्न छन उनीहरुलाई लक्षित गरी राहत उपलब्ध गराईने जानकारी दिए ।

पहिलो चरणका लागि हाल ३ लाख बराबरको राहत उपलब्ध गराउन कोष स्थापना गरिएको लामिछानेले बताए ।दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु लक डाउनका कारण घरमै बस्न बाध्य छन । तिनीहरुको हात मुख जोर्न कोष मार्फत खर्च गर्ने गरी निर्णय भएको हो ।

पालिका भित्रका सवै विपन्न परिवारको चुल्हो बाल्ने जिम्मा स्थानीय सरकारको भएका कारण आँफुहरुले यस्तो निणय गरेको गाएँ पािलका अध्यक्ष प्रेम प्रासद पौडेलले बताए । आर्थिक रुपमा विपन्न परिवारलाई लक डाउनले निकै प्रभाव पारेको हुँदा ति परिवारका लागि वडाअध्यक्षहरुको सिफारिसमा राहत उपलब्ध गराईने भएको हो । महामारीको सम्भावना सहित फैलिएको कोभिड १९ नाम भाइरस रोकथामका लागि गाउँपालिका विशेष योजना समेत बनाएको गाउँपालिकाले जनाएको छ ।

साविक धौलागिरी अञ्चलका ४ वटै जिल्लाको मुख्य प्रवेश नाका मोदी गाउँपालिका भएका कारण पनि गाउँपालिका भाइरसको उच्च जोखिममा रहेको गाउँ पालिकाले जनाएको हो । धौलागिरी प्रवेश द्धार गाउँपालिकै अग्रसरतामा डिमुवा बजार क्षेत्रमा निरन्तर रुपमा हेल्थ डेक्स सञ्चालन भईरहेको छ ।