स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध

466
views

काठमाडौं, १९, चैत्र । सरकारले मेडिकल सामाग्री खरिदको लागि ओम्नी समुहसँग गरेको स्वास्थ्य सामाग्री गरेको सम्झौता रद्ध गरेको छ ।

स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग सम्झौता गरेको थियो ।

उक्त समूहले पहिले पटक ल्याउने भने अनुसारका सामान नल्याएको र दोस्रो पटकका लागि पनि सामान ल्याउन नसकेको भन्दै सम्झौता रद्ध गरिएको हो । साथै ५ करोड रुपैयाँ धरौटी पनि जफत गरिएको विभागले जनाएको छ ।