संक्रमित युवतीको परिवारमा कोरोना देखिएन

598
views

सीताराम थापा
बागलुङ, १९, चैत्र । कोरोना भाईरस संक्रमित पुष्टि भएकी बागलृङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षिया युवतीको परिवारका सदस्य चारजनाको रिर्पोट नेगेटिव आएको छ ।

बुबा, हजुर बुबा सहित आफन्त चारजनाको रिपोर्ट नेगेटिव आएको हो । धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत ति युवतीको स्वास्थ्यमा पनि सुधार हुँदै गएको छ ।
आज उनको स्वाब परीक्षणका लागि काठमाडौँ पठाईएको अस्पताल श्रोतले जनाएको छ ।
गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौ आएका बागलुङका ४ जना यात्रुहरुमा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका युवक तथा अर्की महिलाको रिपोर्ट भने आईनपुगेको छैन ।

सोही एयरवेजबाट आएका एक युवा जो पर्वत अस्पतालमा भर्ना भएका थिए उनको परीक्षण रिपोर्ट पनि नेगेटिव आएको छ ।