चुनावमा जनताको भोट, कोरोना कहरमा नगरप्रमुखको ९ लाख घरभाडा छुट

1020
views

सीताराम थापा । एकै ब्यक्तिले ९ लाख ६५ हजार घरभाडा छुट गरको सबैभन्दा ठुलो उदाहरणिय कदमको रुपमा लिईएको छ । सरकारको स्रोत अनुरोधलाई ध्यान दिएर बागलुङका ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली र उनकी धर्मपत्नीलेको नाममा रहेको सबै घरका भाडा एक महिनाका लागि मिनाह गर्ने घोषणा गरेपनि सबैले जनप्रिय कदम भनेका छन् ।

काठमाडौं, पोखरा, बुर्तिबाङमा रहेका घरहरुको भाडा प्रमुख नेपाली दम्पतीले सबै घरबाट आउने मासिक ९ लाख ६५ हजार रुपैयाँ मिनाह गरेको घोषणा सार्वजनिक गरेका हुन ।

कोरोना भाईरसले गर्दा व्यवसायीहरुले व्यापार गर्न नपाएको र भाडामा बस्नेहरुले केही काम गर्न बाट बंचित भएको अवस्थामा सहयोगको लागि एक महिनाको भाडा छुट दिएको नवदृष्टिलाई बताए ।

‘यो संकटको घडीमा हामीले मानवियताका हिसाबले एकअर्कालाई सक्दो सहयोग गर्न सक्नुपर्छ, सक्ने सबैले गर्न आवश्यक रहेको नगर प्रमुख नेपालीले बताए ।

नगर प्रमुख दम्पतिको काठमाण्डौ महानगरपालिका सुमेधारा, पोखरा महानगरपालिका पृथ्बीचोक, सृजनाचोक, रत्नचोक लगायतमा रहेको घर भाडामा छुट दिएर आफ्नो फेसबुकबाट पनि सार्वजनिक गरेका छन । उनले जस्तै बाटो सबैले देखाए राहत हुने सर्वसाधारणले माग गरेका छन ।