रहेनन् साहित्यकार पागल

660
views

काठमाडौँ, २० चैत । पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको ७७ वर्षका उमेरमा निधन भएको छ । दमरोगबाट पीडित पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७ मा निधन भएको हो ।

हिजो निधन भएका पागल एक वर्षदेखि दम रोगले ग्रस्त हुनुभएको थियो । उहाँ निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध हुनुहुन्थ्यो ।

उहाँका ११ कृतिहरु प्रकाशित छन् । उहाँको आज इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरियो । उहाँका छ छोरी हुनुहुन्छ ।