नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

607
views

काठमाडौं, २०, चैत । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएका हुन ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरीे नयाँ संक्रमित थपिएको जानकारी दिएको हो ।

सरकारले बुधबासम्ममा १ हजार १ सय ४५ जनाको मात्रै कोरोना परीक्षण गरेकोमा ५ जनामा कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमितको हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार १ सय ३३ जनाको नमुना परीक्षण भएको छ भने धरानेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षण गरिएको छ ।