प्रवासीको सहयोगमा आर्थिक सहयोग

2498
views

सन्दिप पाठक
पर्वत, २८, जेठ । रोजगारको शिलशिलामा प्रदेश गएका प्रवासी नेपालीहरुले यहाँको एक क्लब मार्फत हुरी वतासले छाना उडाएर बिचल्लि बनेका दुई परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
कतार, दुवै र साउदीमा रहेका फलेवास नगरपालिका–३ का प्रवासी नेपालीहरुले फनपा–३ का शिव बहादुर कार्की र एकल महिला लक्ष्मी कार्कीलाई १०÷१० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । फनपा– ३ को सिमखेत युवा क्लब मार्फत जेठ ११ गतेको हुरी वतासमा परि छाना उडाएका कार्कीद्वय परिवारलाई नगद सहयोग गरिएको क्लबका अध्यक्ष भरत कार्कीले बताए ।
प्रवासी नेपालीहरुले राहत स्वरुप पीडित परिवारलाई आर्थिक सहयोग गरेको सोही क्लबका सचिवद्वय ईश्वर कार्की र सचिव ईन्द्र बहादुर कार्कीले बताए ।राहत वितरण कार्यक्रममा नवनिर्वाचित फनपा–३ का अध्यक्ष अर्जुन बहादुर कार्कीले प्रवासमा गएर पनि स्वदेशको माया ममता गरी पीडित परिवारलाई राहत उपलब्ध गराउने युवाहरुलाई ध्न्यवाद ज्ञापन गरेका थिए ।
राहत वितरण कार्यक्रममा सल्लाहकारहरु खड्क बहादुर कार्की, महेन्द्र कार्की र देव बहादुर कार्की लगायतले राहत उपलब्ध गराउने प्रवासी नेपाली युवाहरुलाई धन्यवाद ज्ञापन गर्दै अन्य सहयोगी मनहरुले पनि गरीब र पीडित परिवारलाई सहयोग गर्न आग्रह गरे ।