अज्ञात समुहले वडा कार्यालय र स्वास्थ्य चौकी जलाए, औषधी चोरे–कुर्मी

614
views

वीरगन्ज, २१, चैत । लकडाउनका बेला अज्ञात समुहले वीरगन्ज महानगरपालिका–२४ को वडा कार्यालयमा आगजनी गररे औषधी सहित सरसामान चारी भएको वडा अध्यक्ष दशरथ राउत कुर्मीले जानकारी दिए ।

अज्ञात समूहले वडा कार्यालय भवनमै रहेको स्वास्थ्य चौकीको पनि ढोका तोडेर केही औषधि चोरेर लगेको कुर्मीको भनाई छ । अज्ञात समुहले लगाएको आगजनीबाट टेबुल १ थान , कुर्सी २ थान र कार्यालयका विभिन्न् अभिलेख रहेका कागजपत्रहरु जलेर खरानी भएका छन् ।

वडा कार्यालयबाट कम्प्युटर डेस्कटप १ थान , सिपियु १ थान , प्रिन्टर १ थान , युपिएस १ थान , पंखा १ थान , हिटर १ थान , राउटर १ थान र पानी तान्ने मोटर १ थान चोरी भएको छ ।

लकडाउनले समस्यामा परेका विपन्न,गरिवलाई राहत वितरणका लागि सर्वदलीय बैठक बस्न शुक्रबार बिहान ७ बजे वडा कार्यालय पुग्दा कार्यालयको ताल्चा तोडेर आगजनी गरिएको देखिएपछि सबै अचम्मित भएका थिए ।