कुस्मा नगरपालिकामा ५० लाखको विपत व्यवस्थापन कोष स्थापना

673
views

निर्मल पौडेल
पर्वत, २२, चैत्र । पर्वतको कुस्मा नगरपालिकाले ५० लाख वरावरको राहत कोषको स्थापना गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवेल कोराना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न तथा राहत वितरण गर्न उक्त रकम वरावरको कोषको स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

जसमा नगरपालिकाले रु १५ लाख, कार्यरत कर्मचारीहरुहरुवाट रु २ लाख जनप्रतिनिधी वाट रु ३ लाख ,विभिन्न संघ संस्था मार्फत रु १० लाख,प्रदेश सरकार वाट रु १० लाख लगायत अन्य विभिन्न निकायहरु मार्फत उठाउने अपेक्षा सहित उक्त कोषको स्थापना गरिएको हो ।

जसमा राहत सामाग्री खरिदमा रु १५ लाख ,कोरोना अस्पताल व्यवस्थापन तथा मेडिकल सामाग्रीहरु खरिद लगायतमा खर्च गरिने भएको हो । नगरपालिकाले विभिन्न निकायहरु संग पनि सहयोगको अपेक्षा राखेको कुनपा ११ का अध्यक्ष शिव शर्मा पौडेलले वताए ।

नगरपालिकाले राहत वितरण नगर समन्वय समिती समेत गठन गरी खाद्द सामाग्री वैँकको स्थापना गरेको छ । उक्त रकम लकडाउनको वेलामा कोरोनाले निम्त्याएका पीडित, विपन्न परिवार तथा ज्याला मजदुरी गरी जीवन गुजारा चलाउने, साँझविहान हातमुख जोड्न धौ धौ हुने निम्न वर्गका लागि खर्च गरिनुका साथै आपतकालिन अवस्थाका लागि खर्च गरिने भएको छ ।

नगरपालिकाले कुस्मा नगर शिक्षा अधिकृत राजेन्द्र वहादुर क्षेत्रीको अध्यक्षतामा खाद्यान्न सामाग्री संकलन तथा राहत वितरण गर्ने समिती निर्माण गरेको छ । समितीले विभिन्न संघ संस्थाहरु मार्फत आउने खाद्दन्न तथा राहत नेपाल सरकारको मापदण्ड वमोजिम एकद्धार प्रणालीवाट प्रदान गर्ने नगरपालिका कार्यलयले वताएको छ ।