अस्पताल बन्द हुँदा आर्यघाटमा घटे शव

935
views

काठमाडौं, २२, चैत्र । मानिसले आयुसम्म बाँच्न पाउनु त सुखद खबर हो । हरेक मानिस आफ्नो आयुसम्म बाँचुन । तर, एउटा खोजीको विषय लकडाउन अघि औसत ३५ शवहरु जल्ने पशुपति आर्यघाटमा अहिले १५ शव मात्र जल्ने गरेका छन्, किन ?

पशुपति क्षेत्रमा काम गर्छु म । आजकल भक्तजनसँग खासै अन्तरक्रिया हुँदैन । भक्तजनको संख्या गन्न छाडेर आजकल शव गन्न थालेको छु । आज दिउँसो कार्यक्षेत्रमै हिँडिरहेका थियौँ ।

मेरा सहकर्मी कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भन्नुभयो – सचिवज्यू, यो बेलामा घाटमा शवहरु निकै नै कम आइरहेका छन्, यसको कारण के होला ? हो त है – हामी मनन् गर्न थाल्यौँ । ‘बढी शव आउने ठाउँ अस्पतालहरु बन्द नै छन्’, ‘अस्पतालमै धेरैको ज्यान जाने रहेछ कि क्या हो ?’ – हामीले ठट्टा गर्यौँ ।

मेरो मनमा यही कुरा खेल्न थाल्यो । कोरोना कहरका कारण चारैतिर बन्द छ । मानिसहरु घरबाट बाहिर निस्कन पाएका छैनन् । सवारी साधन निकै कम छन् । मैले ट्राफिक प्रहरी महाशाखाका एसएसपी मेरा बन्धु भीम ढकाललाई फोन गरेँ शिलापत्रमा प्रदीप ढकालले लेखेका छन् ।

उहाँले दिनुभएको जानकारी अनुसार औसतमा देशभरमा दैनिक ७ जना र काठमाडौँ उपत्यकामा दैनिक १ जना व्यक्तिको सवारी दुर्घटनाका कारण मृत्यु हुँदो रहेछ ।

पशुपति क्षेत्रका आर्यघाट, भष्मेश्वर घाट र विद्युतीय शवदाहगृहमा गरी दैनिक २५ देखि ३५ शवहरु दहन हुन्छन् । तर अहिले दैनिक औसतमा १० देखि १५ वटा शवदहन गर्न ल्याइन्छन् । बाँकी संख्या खोइ त ? ल दुर्घटनाबाट मृत्यु हुने १ जना घटे । टाढाटाढाबाट ल्याउने पनि ल २ जना नै मानौँ । अरु खोइ त ?