संक्रमितको संख्या ९ पुग्यो, कैलाली र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण

578
views

काठमाडौं, २२, चैत्र । कैलाली र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण फेला परेसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ ।

भारतको मुम्बइ र उत्तराखण्डबाट फर्किएका २ जना पुरुष र कैलालीकै एक जना महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आधिकारिक फेसबुक पेजमा सार्वजनिक भएको जानकारी अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिलामा संक्रमण देखिएको हो ।