अबैध सालका काठ सहित आइचर नियन्त्रणमा

708
views

नुवाकोट, २४, चैत्र । नुकोटको तारकेश्वर गाउँपालिकामा रहेको एक फर्निचरमा ल्याइएको अवैध सालको काठ प्रहरीले नियन्त्रण लिएको छ । तारकेश्वर गाउँपालिका–१ को उपल्लो छाप स्थित चक्र बहादुर तामाङको फर्निचरमा बा.४.ख ३४७ नं.को आईचर गाडीबाट बिना टाँचाको अबैध सालको गोलिया खसाली रहेको अवस्थामा प्रहरीले निण्न्त्रणमा लिएको हो ।

डिभिजन बन कार्यालय नुवाकोटका प्रतिनिधी र प्रहरी अधिकृतको नेतृत्वमा गएको टोलीले सो फर्निचरमा खानतलासी गर्दा बिना टाँचाको अबैध सालको काठ बरामद गरेको थियो ।

काठ तस्करमा संलग्न समेतलाई आवश्यक कावाृहीको प्रक्रियामा लगिएको डिभिजन बन कार्यालय नुवाकोटले जनाएको छ ।

काठ तस्करका लागि प्रयोग गरिएको आईचरका चालक निर्मल तामाङ भने भागेका छन ।