लकडाउन अझै एकसाता लम्ब्याउने तयारी

569
views

काठमाडौं, २४, चैत्र । आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकमा जारी लकडाउन अझै एकसाता लम्व्याउने निर्णय हुने बताइएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कम्तीमा एक साता लकडाउन लम्ब्याउने तयारी गरेको बुझिएको छ । सरकारले पहिलोपल्ट चैत्र ११ गतेदेखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो ।

तर, सुदूरपश्चिम प्रदेशमा एकसाथ तीन जनामा संक्रमण देखिएपछि सरकारले थप कडाइका साथ वैशाख ३ गतेसम्म लम्ब्याउने तयारी गरेको बताइएको छ ।

सरकारले अप्रिल १५ सम्म अन्तराष्ट्रिय उडान रोक्ने निर्णय यसअघि नै गरिसकेकाले सोही अवधीसम्म लकडाउन कायम राख्ने सरकारले तयारी गरेको हो ।