लकडाउन बैशाख ३ गतेसम्म

500
views

काठमाडौं । कोरोना भाइरस न्युनिकरण गर्नका लागि नेपाल सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड–१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो ।

सरकारले पहिलो चरणको लकडाउन चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म, दोस्रो चरण १८ देखी २५ गतेसम्म र तेस्रो पटक बैशाख ३ गतेसम्म लकडाउन थप गरेको हो ।