फलेवास नगरपालिकामा एक वडाबाट अर्को वडामा जान रोक

392
views

पर्वत । पर्वतको फलेवास नगरपालिकाले एक वडाबाट अर्को वडामा जान रोक लगाएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को माहामारीबाट बच्न उच्च सतर्कता अपनाउँदै नगरपालिकाले एक वडाबाट अर्को वडामा आवतजावत गर्नमा पनि रोक लगाएको हो ।

नगर कार्यपालिकाको सोमबार बसेको बैठकले यस्तो निर्णय गर्दै संक्रमणको जोखिम उच्च रहेको अबस्थामा नागरिकलाई आफ्नै घरमा बस्न र हिडडुल नगर्न आग्रह समेत गरिएको छ ।

बिरामी र अत्याबश्यक काम बाहेक एक अर्को वडामा पनि आवतजावत नगर्न रोक लगाइएको बैठकपछि नगरप्रमुख पदमपाणी शर्माद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । फलेबासले अर्को जिल्ला र पालिकाबाट आएका नागरिकलाई समेत क्वारेन्टाईनमा राख्दै आएको छ ।

लकडाउनलाई प्रभाबकारी बनाउन नगरपालिका भित्र रहेको देबिस्थान, कार्किनेटा, भंगारा र खानीगाउँ प्रहरी चौकीलाई प्रोत्साहन स्वरुप १ लाख ४० हजार र धुलिखेल अस्पताललाई ३० हजार रुपैया दिने निर्णय समेत गरेको छ ।