भारतबाट आएकालाई क्वारेन्टाईनमा राखियो

क्वारेन्टाइन बसेका भन्छन-क्वारेन्टाईन हो की कारागार ?

1814
views

जितेन्द्र थापा
दैलेख, २५, चैत्र । कोरोना भाइरस संक्रमितको लागि जिल्लाको ठाटिकाँध गाउँपालिका–२ मा १२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । सोही वडाको दशरथ मावि प्याडुल्लिमा गाउँपालिकाकै पहिलो क्वारेन्टाइन निर्माण गरि छिमेकी मुलुक भारतबाट आएका नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको वडा अध्यक्ष रुपलाल विश्वकर्माले बताए ।

क्वारेन्टाइनमा खान बस्न र सामान्य उपचारको ब्याबस्था रहेको छ । खानेपानीको समस्या रहेकोले त्यसको व्यवस्थापनका साथै व्यवस्थित क्वारेन्टानईन निर्माण गर्न लागिएको विश्वकर्माको भनाई छ ।

स्थापना गरिएको क्वारेन्टाईनमा भारतका विभिन्न ठाउँबाट आएका १० जनालाई राखिएको छ । भाइरस फैलिन नदिनका लागि बाहिरबाट आउने आवतजावत निषेध गर्नुका साथै वडा अध्यक्ष विश्वकर्माको सयोजकत्वमा प्रत्येक टोलमा पाँच सदस्यीय समिति निर्माण गरिएको छ ।

अहिले क्वारेन्टाइनमा भारतको बम्बैबाट दुइजना र भारतकै ल्वाघाटबाट आएका आठजना गरि १० जनालाई क्वारेन्टाइनमा राखिएको र प्रत्येक टोलमा स्वयंसेविकामार्फत तिनहजार पिस हात धुने साबुन बितरण गरिएको विश्वकर्माले बताए ।

क्वारेन्टाईनमा बसेका भन्छन् खानाबस्नको ब्यबस्था राम्रो भएन

छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरुले खानबस्नको राम्रो ब्याबस्था नभएको गुनासो गरेका छन । राती सुत्दा चिसो हुन्छ ओढ्ने ओछ्याउने कपडा समेत नभएको बताए ।

क्वारेन्टाईनमा पातलो ओढ्ने ओढ्नुपरेको वडा नं–२ प्याडुल्लिका टेकबहादुर सुनारले भने आफुहरु घरमा आएको चौध दिनपछि वडाले क्वारेन्टाइनमा ल्याएको तर यहाँ खानबस्न र पिउने पानीको अभाब छ ।’

वडा दुइकै रुपलाल सुनारले भने क्वारेन्टाईन हो की कारागार ? संक्रमित भए रिर्पोट आउनुपर्यो नभए क्वारेन्टाईनाम राख्न भएन ।’