कमल थापाका भाई गणेश थापा अध्यक्षमा चयन

632
views

हेटौंडा, २८, जेठ । कमल थापाका भाई गणेश थापा मकवानपुरको अध्यक्षमा सांसद तथा अखिल नेपाल फुटबल संघ (एन्फा) मा चयन भएका हुन् । राप्रपा जिल्ला कार्य समितिको आईतबार बसेको बैठकले जिल्ला अध्यक्ष रामहरी न्यौपानेले दिनुभएको राजिनामा स्वीकृत गर्दै थापालाई अध्यक्ष चयन गरेको नेता राजाराम बर्तौलाले बताउनुभयो । स्वास्थ्य र घरासयी कारण देखाउँदै न्यौपानेले शनिबार जिल्ला पदाधिकारी बैठकमा राजिनामा दिएपछि थापा चयन भएका हुन् ।
तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरको जिल्ला अधिवेशनबाट २०७३ साल जेठ २५ गते रामहरि न्यौपाने जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो । राप्रपा र राप्रपा नेपालबीच एकीकरणपछि २०७३ माघ २६ गतेको जिल्ला अधिवेशनले पनि न्यौपानेलाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको थियो ।
गत वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनमा जिल्लाको कुनैपनि स्थानीय तहमा नेतृत्व विजयी नभएपछि न्यौपानेलाई नैतिक दबाव परेको थियो ।