गण्डकी प्रदेशमा १ सय ८० जनाको नमुना संकलन

619
views

निर्मल पौडेल
पर्वत, २६ चैत्र । विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को आशंकमा गण्डकी प्रदेशमा अहिले सम्म १ सय ८० जनाको नमुना संकलन गरिएको छ । जसमा १ सय ३० जनाको नेगेटिभ २ जनाको पोजेटिभ र ४८ जनाको नतिजा आउन वाँकी रहेको छ ।

प्रदेशका ११ जिल्लामध्ये राजधानी पोखराको परिक्षण कक्षमा नमुना संकलन गरिएकोमा कास्कीमा अहिले सम्म ८४ जनाको परिक्षण गरिएको छ भने पर्वतमा कुल ३२ जनाको संकलन गरिएको छ । कास्कीमा ८४ जनाको नमुना संकलन गरिएकोमा ६६ जनाको नेगेटिभ आएको छ भने १८ जनाको नतिजा आउन वाँकी रहेको छ ।

पर्वतमा ३२ जनामा २३ जनाको नेगेटिभ आएको छ भने फलेवासका ९ जनाको रिपोर्ट आउन वाँकी छ । यसैगरी वाग्लुङमा १८ जनाको नमुना परिक्षण गरिएको छ जसमा २ जना को रिपोर्ट पोजेटिभ आएको छ भने १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

उनीहरुको उपचार धौलागिरी अञ्चल अस्पतालमा उपचार गरिएको छ । लम्जुङमा संकलन गरिएका ११ ,म्याग्दीमा ३, गोरखामा २ वटा नमुना संकलन गरिएको छ । यस्तै मुस्ताङ,मनाङ, नवलपुर र तनहुमा कसैको पनि संकलन गर्न पर्ने स्थिती आएकै छैन ।

अहिले सम्म गण्डकी प्रदेशमा नमुना संकलन गरिएका मध्य १ सय ३० जनाको नेगेटिभ रिपोर्ट आएको छ भने पोखरा पठाईएका ४८ वटाको रिपोर्ट आउन वाँकी रहेको प्रदेश नम्वर ४ को कोरोना विशेष स्वास्थ्य तथ्याङ्कले देखाएको छ ।

यसरी हेर्दा नमुना संकलनमा कास्की पछाडी पर्वत दोस्रो स्थानमा आएको छ । पर्वतमा रहेका स्वास्थ्यकर्मीको उच्च मेहनतका कारण पर्वत जिल्ला कोरोना भाईरसको नमुना संकलनमा दोस्रोमा पर्दछ ।