कोरोनाका कारण १७ औँ पश्चिमाञ्चल राष्ट्रिय महोत्सव स्थगित

586
views

निर्मल पौडेल
पर्वत, २७ चैत्र । विश्वव्यापी महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ का कारण यसवर्षको वृहत नववर्ष मेला तथा फेवा महोत्सव स्थगित गरिएको छ । कोरोना भाइरसको उत्पन्न परिस्थिती लाई मध्यनजर गर्दै नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुँदै आएको महोत्सव स्थगित गरिएको हो ।

कोरोनाको संक्रमण फैलिने र देशनै लकडाउनको अवस्थामा रहेका वेला महोत्सवको आयोजना गर्नुको कुनै औचित्य नभएको पश्चिमाअञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

अध्यक्ष तुलाचनले आयोजक सदस्यहरु लाई पत्राचार समेत गरेको वताएका छन् । तुलाचनका अनुसार कोरोना भाईरसले उत्पन्न विषम परिस्थितीमा नेपाल सरकारले कोरोना नियन्त्रणका लागि गरेको लकडाउनका कारण १७ औँ पश्चिमाञ्चल राष्ट्रिय एवं अन्तराष्ट्रिय महोत्सवको रुपमा प्रचारप्रसार गरी वढी भन्दा वढि पर्यटक भित्र्याई प्रदेशकै पर्यटन पर्वद्धनमा योगदान पु¥याउने उद्देश्य रहेपनी स्थगित हुँदा पर्यटन क्षेत्रमा ठुलो धक्का पुगेको वताए ।

यस्तै आयोजकले लकडाउनको पुर्ण पालना गर्न आग्रह गर्दै महोत्सव स्थगित भएकोमा चिन्ता व्यक्त गरेको छ भने कोरोना सन्त्रासको विषम परिस्थीतिको साम्य भएपछाडी आयोजना गर्ने वताएको छ । महोत्सवले गण्डकी प्रदेशकै जातिय भेषभुषा ,रहनसहन, खानपान,सांस्कृतिक पक्षहरुको उजागर गर्दै प्राकृतिक सम्पदाहरुको समेत प्रवद्र्धन गर्दै आएको थियो ।