कालीगण्डकीमा स्नान गर्न र मेला लगाउन रोक

614
views

पर्वत, २७, चैत्र । जिलला प्रशासन कार्यालय पर्वतले नववर्षको अवसरमा गरिने कुनैपनि धार्मिक मेला, पुजा आजा सांस्कृतिक जमघट नगर्न अनुरोध गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमणको जोखिम न्यूनिकरणका लागि नयाँ वर्ष २०७७ को अवसरमा पवित्र कालीगण्डकी नदिमा स्नान गर्न र मेला लगाउन रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्वतले बिहीवार एक सूचना जारी गर्दै कालीगण्डकीमा मेला लगाउन रोक लगाएको हो । मुलुक तीन साता लामो लकडाउनमा रहेका बेला यस्ता खाले मेला र पुजा आजाले एक अर्काबीच संक्रमण फैलिन सक्ने जोखिम भएकाले घरमै बसेर सहयोग गर्न पनि आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरेले सूचना जारी गर्दै यो स्वयंम आफैका लागि खतरा भएकाले सरकारले आव्हान गरेको लकडाउनलाई पालना गर्दै कालीगण्डकी लगायत मठ मन्दिरमा नजान आग्रह गर्नुभएको हो ।