वैशाली कृषि सहकारीद्वारा ९१ हजार ५ सय सहयोग

600
views

निर्मल पौडेल
पर्वत, २७, चैत । पर्वतको कुस्मा नगरपालिका–४ स्थित वैशाली कृषी तथा सहकारी संस्था लिमिटेडले कुस्मा नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन तथा राहत कोषमा ९१ हजार ५ सय आर्थिक सहयोग गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनका वेला अफ्ठ्यारोमा परेका हरुलाई सहयोग होस भन्ने उद्देश्यले सहकारीले उक्त सहयोग गरेको हो ।

विहिवार कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीलाई सहकारीका अध्यक्ष गणेश पुन मगरले नगद रु ९१ हजार ५ सय हस्तान्तरण गरेका हुन् । सहकारीले संस्थागत रुपमा रु ४० हजार, संस्थाका अध्यक्ष गणेश पुनको तर्फवाट रु १० हजार, यसैगरी उपाध्यक्ष गुम वहादुर पुन रु ७ हजार, सचिव पृथवहादुर पुन रु ५ हजार, कोषाध्यक्ष प्रितिमाया पुन रु ३ हजार, सदस्यहरु टेक वहादुर पुन, सनवहादुर पुन निरमाया पुन,याम वहादुर पुन वाट रु ६ हजार यसैगरी लेखा तथा सुपरिवेक्षण समितीका सदस्यहरु सुजन पुन,जसमाया पुन र चक्रवहादुर पुन वाट रु ५ हजार,सल्लाहकार सदस्यहरु जीवन पुन, क्षेत्रवहादुर पुन, रुपवहादुर खोर्जावाट ७५ सय, पुर्व व्यवस्थापक सुदिप पुन र सम्पुर्ण ९ जना कर्मचारीको तर्फवाट रु ५ हजार गरी ९१ हजार ५ सय रुपैँया सहयोग गरेका हुन् ।

सहकारीले आफ्ना सदस्य तथा पदाधिकारीहरुसंग हातेमालो गरी संकलन भएको संयुक्त रकम हस्तान्त्रण गर्दै संस्थाका अध्यक्ष गणेश पुनले यो विषम परिस्थतिमा तिन खम्वे नीति अनुसार सहकारी कर्मीहरु एकजुट भएर सहयोग गर्नुपर्ने वताए ।

यसैगरी कुस्मा नगरप्रमुख रामचन्द्र जोशीले सहकारीले गरेको सहयोग निकै सह्रानिय भएको भन्दै वैधानिक तवरवाट वास्तविक पीडित समक्ष पु¥याउने प्रतिवद्धता जाएर गरे । जोशीले सहयोगी संस्थालाई धन्यवाद दिँदै राहत कोषमा अन्य संस्था तथा व्याक्तिहरुवाट पनि सहयोग आउने क्रम जारी रहेको जानकारी दिए ।

कार्यक्रममा कुस्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने,सामाजिक विकास संयोजक शिव प्रसाद पौडेल लगायत सहकारीका अन्य सदस्यहरुको सहभागिता रहेको थियो । नगरपालिकाले रु ५० लाखको विपत व्यवस्थापन कोष संगै खाद्द वैँकको स्थापना गरेको छ ।