सडक बालबालिकालाई व्यवस्थित स्थानमा राखियो

1203
views

शुसिल भुजेल । कोरोना भाइरस कोभिड–१९ बाट कोही कुनैपनि संक्रमित नहोस् भन्दै पोखरा महानगरपालिकाले सडक बालबालिकालाई व्यवस्थित स्थानमा स्थापित गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि कसैलाई घर बाहिर निस्कन नदिइरहेका बेला १६ जना सडक बालबालिकालाई सुरक्षित स्थान नागडाँडाको फुलवारी स्रोत केन्द्रमा लगिएको हो ।

२५ जना बालबालिका लगिएपनि ९ बालबालिका भने भागेका छन् । उनीहरुलाई लकडाउन खुलेपछि आफन्त एवं परिवारलाई सम्पर्क गरि जिम्मा लगाउने गरी सुरक्षित स्थानमा राखिएको नगरपालिकाका कर्मचारी विष्णु बहादुर कार्कीले बताए ।

महानगरपालिकाले सुरक्षित स्थानमा राखिएका सडक बालबालिकालाई आमा बाबु सम्पर्क नआएमा ति बालबालिकालाई पढाउने र सीप सिकाउने महनागरपालिकाले जनाएको छ ।

उनीहरु मध्ये १५ बर्ष भन्दा माथिकोलाई सीप सिकाईने छ । सडक गम खादै हिड्ने सडक बालबालिका अहिले बिल्कुलै सुध्रेका छन् यसरी नै सरकारले यस्ता बालबालिकालाई बास्ता गरि राम्रो मार्गदर्शनको खाँचो रहेको कार्कीले बताए । हालसम्म १६ जना सडक बालबालिकालाई सुरक्षित स्थानमा राखिएको छ ।